आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको भने स्थिर


  • चौतारीपाटी
  • २०८० आश्विन २४, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १०९ पाठक संख्या
  • नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    आज तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय ४९ रुपैयाँ कायम रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट