आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने


  • चौतारीपाटी
  • २०८० आश्विन २४, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १५६ पाठक संख्या
  • काठमाडौँ  ।   इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ ।
    नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए। यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो ।
    यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
    दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट