आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग


  • चौतारीपाटी
  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • १३७ पाठक संख्या
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    “समाचार र आधिकारिक निकायबाट आएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको छ”, सभापति लामिछानेले भने, “नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट