आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तराईबाट २३ हजार लिटर दूध खरिद


  • चौतारीपाटी
  • २०८० आश्विन २६, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ११४ पाठक संख्या
  • मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।

    साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले राससलाई बताए । अहिले मधेस प्रदेशको बारा, सर्लाही, रौतहट र पर्सा तथा बागमतीको मकवानपुरका गरी दुई सय दूध उत्पादन सहकारी संस्थाबाट २३ हजार लिटर दूध खरिद गर्ने गरिएको उनले जानकारी दिए ।
    तराईका चार र मकवानपुरका गरी नौ हजार तीन सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमा रू तीन करोड उपलब्ध गराउँदै आएको प्रमुख शर्माले जानकारी दिए। उनका अनुसार यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौँका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको छ । आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ ।

    सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ थियो । आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनामा प्रशासन व्यवस्थापन र मजदुर गरी एक सय १० जनाले प्रत्यक्ष रोजगारीले पाएका छन् ।

    “तराईमा अहिले दूधको उत्पादन वृद्धि भइरहेकाले यसअघि भारतको पटनाबाट काठमाडौँका उपभोक्तालाई दूध आपूर्ति गर्ने गरिएको थियो”, आयोजना प्रमुख शर्माले भने, “केही महिनादेखि त्यो बन्द गरिएको छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट