आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बनेपाको शिर मेमोरियल अस्पतालमा क्यान्सरको उपचार हुने 


  • चौतारीपाटी
  • २०८० आश्विन २९, सोमबार मा प्रकाशित ९ महिना अघि
  • १२९ पाठक संख्या
  • काभ्रेपलाञ्चोक  ।    काभ्रेपलाञ्चोको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ । विसं २०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ ।  विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट उपचार सेवा प्रदान हुँदै आएको छ । क्यान्सर रोगका बिरामीलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिने अस्पतालका मेडिकल डाईरेक्टर डा एन्जिला बस्नेतले बताए । उनका अनुसार सुरुमा क्यान्सर रोग पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो–थेरापी’ लगायत सेवा प्रदान गरिनेछ ।
    यस्तै क्यान्सरका बिरामीका लागि सघन उपचार कक्ष(शय्या)को व्यवस्था गरिएको छ भने केमोथेरापी सेवाको व्यवस्थाका साथै विशेषज्ञ चिकित्सक र नर्सलाई तालिम पनि दिईसकिएको छ । क्यान्सर भएपछि हुने शारीरिक, मानसिक तथा आर्थिक तनाव कम गर्ने उद्देश्यले यस अस्पतालबाट सेवा दिन थालिएको उनले बताए । “क्यान्सरको उपचार पनि महँगो छैन”, निर्देशक बस्नेतले भने । उपचारसँगै नागरिकमा क्यान्सरबारे सचेतना फैलाउने अभियान सुरु गर्ने योजना अस्पतालले बनाएको छ ।
    यस्तै महिलाका लागि हरेक महिना एकपटक आफै ‘ब्रेस्ट चेक’ गर्न अनुरोध गर्नाका साथै खानपान र रहनसहनमा पनि ध्यान दिन अनुरोध गरिने उनले बताए । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले हरेक दिन  क्यान्सरका बिरामी बढिरहेको पाइएको तर  बिरामीले सहज र नियमित उपचार सेवा नपाउँदा मानसिक तथा शारीरिकरूपमा थप अशक्त हुँदै गएको अवस्थामा यस अस्पतालमा उक्त रोगका बिरामीको उपचार सुरु गर्न लागिएको जानकारी दिए ।
    यसैबीच विश्वव्यापीरूपमा स्तन क्यान्सर जागरुकता महिना (अक्टोबर) को अवसरमा स्तन क्यान्सरबारे सचेतनाका लागि नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रेपलाञ्चोक शाखाले उक्त अस्पतालको सहकार्यमा कात्तिक ३ गते बनेपामा वृहत् ¥यालीे आयोजना गर्ने भएको छ । रोग लाग्नै नदिने र लागिहाले समयमै उपचार गरी सरल जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त ¥याली आयोजना गर्न लागिएको उनले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट