आज: २०८१ अषाढ १०, आईतबार | Sun, 23, Jun, 2024

इजरायलबाट थप १९ नेपालीको उद्धार [नामावलीसहित]


  • चौतारीपाटी
  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • १७३ पाठक संख्या
  • काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विमानमार्फत् उनीहरूको उद्धार गरिएको हाे ।

    परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’ उनले भने ।

    सरकारले यसअघि इजरायलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।

    उद्धार गरिएका नेपाली नागरिकहरू

    1. नन्दसिंह भुल
    2. सुजेन्द्र खड्का
    3. प्रतिभा रौनियार
    4. अनुमा डंगोल
    5. हिना खाँण
    6. आतिस गुरुङ
    7. जुनु गुरुङ
    8. मौसमी पाख्रिन
    9. प्रतिमा तिम्सिना
    10. राजकुमार मानन्धर
    11. संगीता दुलाल
    12. उर्मिला रावल
    13. ममता थापा
    14. दिलकुमारी अधिकारी कार्की
    15. निश्चल श्रेष्ठ
    16. समिता बस्नेत
    17. अम्बिका सुवेदी
    18. सिरता गुरुङ
    19. उर्मिला श्रेष्ठ
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट