आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेको सुन्दरबस्तीमा दुर्घटना हुँदा  एकको मृत्यु, आठ घाइते


  • चौतारीपाटी
  • २०८० कार्तिक १, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १२९ पाठक संख्या
  • धुलिखेल (काभ्रेपलाञ्चोक)   ।   बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।
    काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।
    दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । “घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ”, श्रेष्ठले भने ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट