आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा


  • चौतारीपाटी
  • २०८० मंसिर ९, शनिबार मा प्रकाशित ८ महिना अघि
  • १३१ पाठक संख्या
  • काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

    आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट