आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जाजरकोट भूकम्प : पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु


  • चौतारीपाटी
  • २०८० मंसिर १४, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • १५० पाठक संख्या
  • जाजरकोट  ।    कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
    स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए ।
    गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट