आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता


  • चौतारीपाटी
  • २०८० मंसिर १४, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • १३८ पाठक संख्या
  • काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गरेका छन् । अष्ट्रेलियाको संसद्मा आज भएको भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरे ।

    दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल गरेका थिए । त्यस अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति थियो ।

    अध्यक्ष तिमिल्सिना यही मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गरेका थिए । उनी नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको संसदीय परिषद्का अध्यक्ष बेन फ्रेङ्कलिन, न्यू साउथवेल्सका विधानसभा सभामुख ग्रेग पाइपरसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो । अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले भिक्टोरियाको संसदको भ्रमण गर्ने कार्यक्रम छ ।

    प्रतिनिधिमण्डलमा तीनवटा प्रदेशका सभामुख र चारवटा प्रदेशका उपसभामुख, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, राष्ट्रिय समावेशी आयोगका सदस्य, सङ्घीय संसद् सचिवालयका कर्मचारीहरु छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट