आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एचआइभीरएड्स सङ्क्रमित थपिँदै


  • चौतारीपाटी
  • २०८० मंसिर १५, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ७६ पाठक संख्या
  • लमजुङ   ।    पहाडी जिल्ला लमजुङमा एचआइचीरएड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभीरएड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
    सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआइभीरएड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआइभीरएड्स परामर्शदाता गणेश गुरुङले बताए । उनका अनुसार यस आर्थिक वर्षको हालसम्म थप एक जना महिलामा सङ्क्रमण देखिएको छ ।
    गुरुङले एक हजार ४९ को परीक्षण गरिएकामध्ये एक महिला सङ्क्रमित थपिएको बताउनुभयो । योसँगै यस आवमा ६८ महिला र ५६ पुरुष गरी एक सय २४ सङ्क्रमितको सङ्ख्या पुगेको छ । गत  आवमा तीन हजार तीन सय ९९ परीक्षण गर्दा एक महिला सङ्क्रमित थपिएको थियो ।
    गत आवमा ६७ महिला र ५५ पुरुष गरी एक सय २२ जना एचआइभी÷एड्स सङ्क्रमित रहेका गुरुङले जानकारी दिनुभयो । आव २०७८र७९ मा तीन हजार दुई सय ६६ जनाको परीक्षण गर्दा दुई महिला र एक पुरुष गरी तीन नयाँ सङ्क्रमित थपिएका उहाँको भनाइ थियो । उक्त आवमा ६५ महिला र ५४ पुरुष गरी एक सय १९ जना सङ्क्रमितको सङ्ख्या थियो ।
    आव २०७७र७८ मा आठ, आव २०७६र७७ मा छ र आव २०७५र७६ मा आठ जना नयाँ एचआइभीरएड्स सङ्क्रमित थपिएका गुरुङले बताउनुभयो ।
    जिल्लामा एचआइभीरएड्स उपचार तथा परामर्श केन्द्र (एआरटी) सेवा जिल्ला अस्पतालबाट हुँदै आएको छ । जिल्लामा आव २०६६र६७ देखि एआरटी सेवा सञ्चालनमा आएको हो । सो अवधिदेखि हालसम्म एचआइभीरएड्स सङ्क्रमित भएका २५ जनाको मृत्यु भइसकेको एआरटी परामर्शदाता गुरुङले जानकारी दिए।
    उनका अनुसार मृत्यु हुनेमा १० महिला र १५ पुरुष रहेका छन् । हाल एक सय २४ ले औषधि सेवन गरिरहेका गुरुङको भनाइ थियो । “पन्ध्र जनाले अनेन्त्रबाट औषधि सेवन गरेका र आठले औषधि लिन आउन छाडेका छन्”, उनले भने ।
    सरकारबाट मान्यताप्राप्त चार स्वास्थ्य संस्थाबाट जिल्लामा एचआइभीरएड्सको परीक्षण हुँदै आएको छ । बेँसीसहर नगरपालिकास्थित जिल्ला अस्पताल, सुन्दरबजार नगरपालिकास्थित सुन्दरबजार अस्पताल, गौडा प्राथमिक स्वास्थ्य केन्द्र र चन्द्रेस्वर प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।
    सरकारले एचआइभी÷एड्सका क्षेत्रमा जनचेतना, उपचार, निगरानी, सहयोग, आमाबाट बच्चामा सर्ने रोकथामलगायतका कार्यक्रम गर्दै आए पनि बर्सेनि सङ्क्रमितको सङ्ख्या थपिँदै गएको छ । जिल्लामा एचआइभी सङ्क्रमण हुनेमा भारतबाट आएका व्यक्ति रहेका वाका परामर्शदाता गुरुङले बताउनुभयो । जिल्लामा एचआईभी सङ्क्रमित तीव्ररुपमा फैलिरहेको अनुमान गरिए पनि परीक्षण कम हुँदा सङ्क्रमित सबैको तथ्याङ्क नभएको उनको भनाइ थियो ।
    परामर्शदाता गुरुङका अनुसार आफन्त समाजले थाहा पाउछ भनेर जिल्लाबाट काठमाडाँै, पोखरालगायत बाहिरी जिल्लामा गएर जाँच गर्ने र औषधि सेवन गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट