आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सञ्चारमन्त्री शर्माद्वारा भूकम्पपीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा सहयोग


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ८५ पाठक संख्या
  • रुकुम पश्चिम  ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पुर्‍याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गरेकी छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उनले पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहतस्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थिति थियो । भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पुर्‍याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई  चिसोको समयमा राहत पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिए ।

    ती सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका  पत्रकारलाई  आजै वितरण गरिएको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

    चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरूको मनोबल बढेको  उनको भनाइ थियो ।

    हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग  भेटघाट गरेकी मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम रहेको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट