आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर


  • चौतारीपाटी
  • २०८० मंसिर १८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १५३ पाठक संख्या
  • बलेवा (बागलुङ) । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए ।

    “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भन्नुभयो, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।” हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट