आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने


  • चौतारीपाटी
  • २०८० मंसिर १८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १०४ पाठक संख्या
  • काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा०, नेपाल नदी संरक्षण संस्था ९एनआरसिटी० र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

    यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

    द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले दैलेखको आठबिसकोट नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म दुई सय ४८ किलोमिटर राफ्ट दौड गर्न लागिएको जानकारी दिए । उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको पहिचान, आर्थिक र पर्यटन विकासलाई समेत जोड्ने उल्लेख गरे । नाराका अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडले सहयोगमा पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतियोगितामा १६ टोली दर्ताका लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरिएको छ । प्रतियोगितामा हालसम्म ६ वटा अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । यसअघि नोभेम्बर २३ देखि २८ का लागि तय गरिएको ‘द ग्रेट कर्णाली क्वेस्ट’ जाजरकोट भूकम्पका कारण स्थगन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट