आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना


  • चौतारीपाटी
  • २०८० मंसिर १९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ९४ पाठक संख्या
  • काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

    हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

    उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    अहिले काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा आज न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए । उनले भने, “काठमाडौँमा हिजोकोभन्दा आज न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्रीले बढेको छ, आज काठमाडौँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।”

    यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट