आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आजको मौसम : पश्चिमी वायुको प्रभाव


  • चौतारीपाटी
  • २०८० मंसिर २१, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ९५ पाठक संख्या
  • काठमाडौँ   ।   हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ ।
    हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
    आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनका अनुसार आज कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
    अहिले काठमाडौँको वायुको तापक्रम ११ डिग्री सेन्डिग्रेड रहेको तथा पारदर्शीता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेन्डिग्रेड थियो । आज अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताए । उनले भने, “काठमाडौँमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन ।”
    आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट