आज: २०८२ जेष्ठ २, शुक्रबार | Fri, 16, May, 2025

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या


  • चौतारीपाटी
  • २०८० पौष ४, बुधबार मा प्रकाशित १ साल अघि
  • २६८ पाठक संख्या
  • काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन ९ठेगाना० नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ। गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमा उच्च अदालतबाट कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाए पनि सुनुवाइ अघि बढेको छैन।

     

    रिट निवेदनमा विपक्षीमध्येका स्पेक्ट्रलाइट यूके लिमिटेड र अजियाटा समूह बर्हाडको नामको म्याद तामेली हुन नसकेको हो। अदालत स्रोतका अनुसार, बिक्रीरखरिदकर्ता कम्पनीको वास्तबिक ठेगाना पत्ता नलाग्दा म्याद तामेल गर्न समस्या भएको छ।

    मंसिर २० गते रोकायाले सेयर बिक्री रोक्न अन्तरिम आदेशसमेत माग गर्दै रिट निवेदन दायर गरेका थिए।

    सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले निवेदनमा उल्लेख गरेको विषयवस्तु र अजियाटा ग्रुपबाट एनसेलको टिमलाई जानकारी गराएको सूचना समेतको सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा आदेश जारी गर्नु उपयुक्त र मनासिव देखिएको ठहर गर्दै मंसिर २५ गते छलफलका लागि पेसी तोक्न आदेश गरेका थिए।

    त्यसको सूचना रितपूर्वक दिई निमानुसार पेस गर्न आदेश भएको अदालतले जनाएको छ। तर, अदालतबाट म्याद तामेल हुन सकेन। पुस २ गते पेसी चढे पनि म्याद तामेल नहुँदा सुनुवाइ भएन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट