आज: २०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते


  • चौतारीपाटी
  • २०८० पौष १३, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • १२० पाठक संख्या
  • बाजुरा  ।   जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
    मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए  ।
    उहाँका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्  । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट