आज: २०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु


  • चौतारीपाटी
  • २०८० पौष १७, मंगलबार मा प्रकाशित १ साल अघि
  • १५४ पाठक संख्या
  • चैनपुर– बझाङमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्ला सदरमुकाम चैनपुरनजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

    ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय प्रकाश कठायत छन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार सोमबार राति १० बजेतिर पुरानो बसपार्कमा  डोजर दुर्घटना भएको थियो।

    बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गरेको डोजर सडकबाट २० मिटर तल खसेको थियो। चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु चौधरीले जानकारी दिए।

    मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट