आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा


  • चौतारीपाटी
  • २०८० पौष २४, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ८२ पाठक संख्या
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार खनालले मंगलबार विहान सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।

    उनीमाथि अवैध कल बाइपास, टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)मा अनियमितता गरेको आरोप छ । यसअघि प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । उनको पदावधि आगामी साउनसम्म भए पनि खनालले करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट