आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वन संरणकर्मी सम्मानित


  • चौतारीपाटी
  • २०८० माघ ७, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ११२ पाठक संख्या
  • काठमाडौँ । धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत आफ्ना चारजना संरणकर्मीलाई सम्मान गरेको छ ।

    समितिको साधारण भेलाका अवसरमा शनिबार नीलकण्ठ–५ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा रामहरि शर्मा नेपाल, बलराम ढुङ्गाना, दुर्गाप्रसाद रिमाल र मसिना पौडेल हुनुहुन्छ । सम्मानित व्यक्तित्व नेपालले तत्कालीन महेन्द्रोदय कालिका प्राथमिक विद्यालय स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । साथै उनले सोही विद्यालयमा प्रधानाध्यपक भई लामो समय सेवा गरेका थ्एि । विद्यालयमा निम्नमाध्यमिक तथा माध्यमिक तहको पठनपाठन सुरुआत गराउन उनले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेका थिए ।

    धादिङको समग्र शैक्षिक एवं प्राज्ञिक उन्ननयका लागि लामो समय व्यतित गर्नुभएका समाजसेवी नेपाल पछिल्ला दिनमा जिल्लाको वन क्षेत्रको संरक्षणमा जुट्दै आएका छन् । कार्यक्रममा नीलकण्ठ–५ का वडा सदस्य राजाराम ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका अधिकृत दीपक पुडासैनी तथा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर ढुङ्गानाले सम्मानित व्यक्तिलाई सम्मानपत्र अर्पण गरेका थिए । साविकको खाल्टे गाउँ विकास समितिका वडा नं ४ र हाल नीलकण्ठ–५ मा रहेको सो सामुदायिक वन समिति विसं २०५७ गठन भई वन संरक्षणमा सक्रिय हुँदै आएको छ । करिब एक सय ९५ हेक्टरमा फैलिएको सो वन जिल्लाकै उत्कृष्ट वनभित्र रहेको जनाइएको छ ।

    सो अवसरमा नीलकण्ठ–५ का वडा सदस्य राजारामले स्थानीय विकास निर्माणमा आफूले राजनीति विचारभन्दा माथि उठेर सेवा प्रदान गर्दै आएको बताए । वन समितिका अध्यक्ष किशोरले वन क्षेत्रका संरक्षणमा स्थानीय उपभोक्ता नै चनाखो बन्नुपर्छ भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट