आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रियसभा सदस्यका लागि जनकपुरधाममा मतदान जारी


  • चौतारीपाटी
  • २०८० माघ ११, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १०६ पाठक संख्या
  • धनुषा । राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ । विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ । अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्का एकजना मनोनित हुनेछन् ।

    सातवटै प्रदेशमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

    सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना अन्य समूह र महिलातर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुङ्गाना धनुषाका हुन् भने चौधरी रौतहटका हुन् । एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीको उम्मेदवारी परेको छ । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा रामशङ्कर महासेठको उम्मेदवारी छ । मधेस प्रदेशमा प्रदेशसभाका एक सय सात र पालिका प्रमुख र उपप्रमुख गरी दुई सय ६७ मतदाता छन् ।

    पालिका प्रमुख–उपप्रमुखको कुल मतभार पाँच हजार ५३ र प्रदेश सांसदको कुल मतभार पाँच हजार छ सय ७१ गरी जम्मा १० हजार सात सय २४ मतभार छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्र नजिकको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

    मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । निर्वाचनको नतिजा तीन–चार घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट