आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान


  • चौतारीपाटी
  • २०८० माघ १२, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • १५० पाठक संख्या
  • ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।

    विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ ।

    मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार संघीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो । यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरुआत गरिएको उनले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट