आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

म्यानचेस्टर युनाइटेडको रोमान्चक जित


  • चौतारीपाटी
  • २०८० माघ १९, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • ८० पाठक संख्या
  • एजेन्सी – कोबी माइनुले इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेपछि प्रिमियर लिगमा बिहीबार म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई ४-३ ले हराएको छ।उल्भ्सका लागि पेड्रो नेटोले बराबरी गोल गरेको दुई मिनेटपछि माइनुले निर्णायक गोल गरेका थिए। प्रिमियर लिगमा त्यो उनको पहिलो गोल हो।

    पहिलो हाफमा २-० र ८५ औं मिनेटमा ३(१ ले पछि रहेको खेलमा समेत उल्भ्सले बराबरी गरेको थियो। तर टोलीले बराबरीलाई जोगाउन सकेन। १८ वर्षे माइनुले गोल गर्दै टोलीलाई ३ अं‌क दिलाए ।मार्कोस रासफोर्डले पाँचौं मिनेटमा गोल गरेका थिए। २२औं मिनेटमा रासमुस होजलुन्डले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

    ७१ औं मिनेटमा पाब्लो सर्बियाको पेनाल्टी गोलमा उल्भ्सले अन्तर घटाएको थियो। ७५ औं‌ मिनेटमा स्कट म्याकटोमिनियाले कर्नरबाट आएको बलमा हेडर गोल गरेर पुनः युनाइटेडको अन्तरलाई बढाए।

    त्यसपछि पनि खेलमा रोमान्चकता जारी रह्यो । ८५ औं मिनेटमा उल्भ्सका कप्तान किलमनले गोल गरेका थिए। त्यसपछि ९ मिनेट इन्ज्युरी समयमा दुबै टोलीले समान १ गोल थप्दा युनाइटेडले बाजी मार्यो ।३५ अंक पुगेको युनाइटेड तालिकाको सातौं स्थानमा उक्लेको छ। २९ अंकका साथ उल्भ्स ११ औं स्थानमा छ। अर्को खेलमा वेस्ट ह्याम र बर्नमाउथले १–१ को बराबरी खेलका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट