आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु


  • चौतारीपाटी
  • २०८० फागुन ९, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ११८ पाठक संख्या
  • बनियानी (झापा) ।   गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

    आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले राससलाई बताउनुभयो । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

    फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो । मायाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट