आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रियसभामा सांसदको अनुभव : देश तथा जनताको पक्षमा काम गर्न सकियो


  • चौतारीपाटी
  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • १५४ पाठक संख्या
  • काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरुले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

    सांसद अनिता देवकोटाले राष्ट्रियसभा विज्ञ र स्थायी सभा भएकाले देश तथा जनताको पक्षमा काम गर्न सकेको धारणा राखिन् । उनले कुन सांसदले कति वटा पुल बनाए रु कति किलोमिटर सडक निर्माण गरे रु भन्ने आधारमा मूल्याङ्कन गर्न नहुने बताइन् । “के कस्ता राम्रा कानुन निर्माण गरे र त्यसमा के कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा मूल्याङ्कन गरिनु राम्रो हुन्छ”, उनले भनिन् ।

    सांसद भैरवसुन्दर श्रेष्ठले संविधानले प्रदत्त गरेका मौलिक हक कार्यान्वयनमा जान नसकेको तथा आवश्यक कानुन निर्माण हुन नसकेकामा गुनासो गरे । उनले कर्णाली प्रदेशको विकास र समृद्धिको अभियानलाई थप व्यवस्थित बनाउन र यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

    सांसद जीतेन्द्रनारायण देवले संविधान निर्माणका क्रममा राष्ट्रियसभाका सन्दर्भमा उठेको विषयलाई स्मरण गराउँदै पार्टीका शीर्ष नेताहरुको धारणा स्पष्ट हुन नसकेको गुनासो गरे । उनले राष्ट्रियसभाको काम कारबाहीबारे सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक चलेका दिन आफूहरुको काम कारबाहीको समाचार कम आउने गरेको बताए ।

    सांसद रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाले सहजरुपमा कानुन निर्माण गरेको, समितिले पनि प्रभावकारी काम गरेको जानकारी दिँदै आफूले सदनमा जनताको पक्षमा नै उभिने प्रयास गरेको बताए । संविधान र सङ्घीय शासन प्रणालीलाई कार्यान्वयन गराउनका लागि आफूले सकेसम्म भूमिका निर्वाह गरेको उनको भनाइ छ ।सांसद रामचन्द्र राईले जनसरोकारका विषयमा आफूले इमान्दार भएर आफ्ना कुरा राखे पनि सरकारको तर्फबाट सम्बोधन हुन नसकेको बताए ।

    सांसद बिना पोखरेलले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा सकेसम्म भूमिका निर्वाह गर्ने प्रयास गरेको बताइन् ।सांसद डा विमला राई पौड्यालले राष्ट्रियसभालाई सिकाइको एउटा विश्वविद्यालयको संज्ञा दिँदै आफूले धेरै कुरा सिक्न पाएको बताइन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट