आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दिवा खाजामा स्थानीय परिकार समावेश गर्न सामुदायिक विद्यालयलाई निर्देशन


  • चौतारीपाटी
  • २०८० फागुन २२, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ११९ पाठक संख्या
  • कालीकोट । सान्नी त्रिवेणी गाउँपालिकाले दिवा खाजामा स्थानीय परिकार समावेश गर्न सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् ।

     

    गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको तालिका बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताए ।

    “विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ”, उनले भने, “सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।” दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट