आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ


  • चौतारीपाटी
  • २०८० फागुन २५, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • ७५ पाठक संख्या
  • वीरगञ्ज(पर्सा)   ।    छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।
    गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएले र घटनाको अनुसन्धानका लागि उनलाई र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राससलाई जानकारी दिए । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
    बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट