आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकारले जनआकांक्षा पूरा गर्ने गरी काम गर्नुपर्छ : सांसद यादव


  • चौतारीपाटी
  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ६९ पाठक संख्या
  • काठमाडौँ   ।   जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकांक्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताएका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका  विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकारको कार्यकाल मुलुक र राष्ट्रका लागि फलदायी होस् भनी कामना पनि गरे । सांसद यादवले नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्ने थलो संसदको भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाएर लैजानुपर्ने खाँचो औंल्याए। अहिले नेता र नेतृत्वमाथि जनताको विश्वासको खडेरी भइरहेको भन्दै उनले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न अनुरोध गरे ।
         “सहयात्री फेरिएको छ । तर, प्रधानमन्त्री विश्वासको मत पाइरहनुभएको छ । यो बढो रोचक भइरहेको छ । अहिलेको परिस्थिति र जनताको आकांक्षालाई केन्द्रमा राखेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दछु”, सांसद यादवले भने।
         सांसद यादवले पार्टीकातर्फबाट विश्वासको मतमा समर्थन जनाउदै सहमति अनुरुप मधेसका मुद्दालाई प्राथमिकता दिन पनि प्रधानमन्त्री समक्ष आग्रह गरे ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट