आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन


  • चौतारीपाटी
  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ६३ पाठक संख्या
  • फुङ्लिङ(ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरामा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

    गत महिनामा मन्दिरमा करिब १८ हजार भक्तजनले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा आन्तरिक तथा बाह्य गरी १७ हजार नौ सय १२ तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेका छन् । समितिको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थिए ।

    फागुनसमेत गरी एक लाख १६ हजार दुई सय १२ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ(रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

    तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।

    वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सहज पुग्ने गर्दछन् । काफ्लेपाटीबाट पाँच किलोमिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ । पाथीभरामा हेलिकप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट