आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दाङमा जीप पल्टिँदा एकको मृत्यु


  • चौतारीपाटी
  • २०८० चैत्र ५, सोमबार मा प्रकाशित ४ महिना अघि
  • १२२ पाठक संख्या
  • देउखुरी (दाङ)  ।  पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।
    बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो । त्यसैगरी जीप चालक बबई–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
    पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जीप भाङाबारी नजिकै उकालोमा टायरमा ढुङ्गा लगाएर रोक्ने क्रममा पछाडि आएर पल्टिँदा सात जना घाइते भएका थिए ।
    अन्य घाइते हुनेमा बबई–१ निवासी ५० वर्षका जोगबहादुर बुढा, १७ वर्षकी तारा सारु मगर, ३२ वर्षका सङ्गीता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट