आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा सम्पन्न 


  • चौतारीपाटी
  • २०८० चैत्र ५, सोमबार मा प्रकाशित ४ महिना अघि
  • १०२ पाठक संख्या
  • काठमाडौँ   ।   राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन्  ।
    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।
    विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको थियो । काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छ । करिब रु ५० लाखको लागतमा त्यसको जीर्णोद्वार सम्पन्न गरिएको हो । पुरातत्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब एक सय छ मिटर अग्लो छ ।
    अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले त्यस क्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराए । सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गरेका थिए ।
    विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिए । यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।
    संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास रहेको महासमितिका इञ्जिनियर राजेश सुवालले जानकारी दिए । विश्वशान्ति तथा मानवकल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट