आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


  • चौतारीपाटी
  • २०८० चैत्र १३, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ९५ पाठक संख्या
  • काठमाडौँ  ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
    मौसमविद् राजु प्राधानाङ्गले आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिए । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ ।
    काठमाडौँ उपत्यकाको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने पारदर्शिता चार किलोमिटर छ । आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड तथा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्छिग्रेडको बीचमा रहनेछ । मौसमविद् प्राधानाङ्गले भने, “आज दिउँसोपछि काठमाडौँमा बदली भई हल्का वर्षाको सम्भावना छ ।”
    यसैगरी आज राति देशभर आंशिक बदली रहने छ भने कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट