आज: २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने


  • चौतारीपाटी
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ५५ पाठक संख्या
  • काठमाडौँ  ।  पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
    विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।
    मौसमविद् झाले रासससँग कुरा गर्दै भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।”
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट