आज: २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु


  • चौतारीपाटी
  • २०८० चैत्र १६, शुक्रबार मा प्रकाशित ४ हफ्ता अघि
  • ६० पाठक संख्या
  • डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

    पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो ।

    उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट