आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

म्याद नाघेका खाद्य सामग्री जफत


  • चौतारीपाटी
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ८३ पाठक संख्या
  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो ।

    गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेको थियो ।

    अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत रु ७५ हजारभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको गाउँपालिकाका उपाध्यक्ष पुनले बताइन् ।

    उपाध्यक्ष पुनका अनुसार मूल्यअभिवृद्धि कर ९भ्याट० र व्यक्तिगत खाता नम्बर ९प्यान० नलिइकन व्यवसाय सञ्चालन गरेक तथा अनुमतिबिना मदिरा र सुर्तीजन्य पदार्थको बिक्री गरेकाहरूलाई सचेत गराइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट