आज: २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

अर्थमन्त्री र गभर्नरको आग्रहमा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय


Thumbnail
  • चौतारीपाटी
  • २०७९ पौष २८, बिहिबार मा प्रकाशित १ साल अघि
  • १३० पाठक संख्या
  • काठमाडौं । बुधबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ । जसअनुसार माघ १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर पुसको भन्दा १० प्रतिशतले कम दिने भएका छन् ।

    अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आग्रहमा बैंकहरुले ब्याजदर घटाएका हुन् ।

    ‘अर्थमन्त्री र गभर्नरले नै ब्याजदर घटाएर आर्थिक गतिविधि चलायमान बनाउन आग्रह गरेपछि ब्याजदर घटाउने निर्णय गरेका हौं,’ एक बैंकरले क्लिकमाण्डूसँग भने ।

    व्यवसायीहरुले ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका थिए । साथै, उनीहरुले नेता, मन्त्री, प्रधानमन्त्रीलाई भेटेर ब्याजदर घटाउन तीब्र लबिङ गर्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गभर्नर र अर्थमन्त्रीलाई ब्याजदर घटाउनत निर्देशन दिइसकेका छन् ।

    महंगो ब्याजदर र आयातमा गरिएको कडाइका कारण सरकारको राजस्वमा गिरावट आउँदा चालु खर्च गर्न पनि ऋण काड्नु परेको छ । अर्थ र साजस्व सचिवले पनि अर्थमन्त्री पौडेललाई अर्थतन्त्र चलायमान बनाउनुको विकल्प नभएको सुझाउँदै आएका छन् । तसर्थ, एकातिर राजस्व बढाउन र अर्कातिर व्यवसायी खुसी बनाउन अर्थमन्त्री पौडेलले गभर्नरलाई ब्याजदर घटाउन आग्रह गरेका थिए । अर्थमन्त्री र प्रधानमन्त्रीको आग्रहमा गभर्नर अधिकारीले बैंकहरुलाई ब्याजदर घटाउन ग्रिन सिग्नल दिएका थिए । राष्ट्र बैंकको ग्रिन सिग्नलपछि बैंकर्स संघले ब्याजदर घटाउने निर्णय लिएको हो ।

    ‘तरलता पनि केही सहज भएको र ब्याजदर बढी हुँदा कर्जा प्रवाह कम हुन गई आर्थिक गतिविधि सुस्त हुँदा सरकारको राजस्व संकलन पनि कम भएको छ, यसलाई मध्यनजर गर्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने उदेश्यले ब्याजदर घटाउने निर्णय गरेका हौं,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले क्लिकमाण्डूसँग भने ।

    अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।

    केही बैंकरहरुले ब्याजदर घटाउनुपर्ने अवस्था आइनसकेको धारणा ब्यक्त गरे पनि केसीले नेतृत्व सम्हाले लगत्तै सम्पन्न पहिलो बैठकमा ब्याजदरलाई घटाउने निर्णय लिएर सरकारलाई साथ दिएका छन् । पुसमा निक्षेपमा केही सुधार आएका कारण सीडी रेसियो ८६ प्रतिशत पुगेको र ३०० अर्ब रुपैयाँ बढी तरलता रहेको भन्दै ब्याजदर घटाइएको हो ।

    माघ १ देखि निक्षेपको ब्याजदर घटेपनि कर्जाको ब्याजदर भने फागुन वा चैतदेखि मात्रै घट्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट