आज: २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

गोरखा नगरपालिका भित्रका शिक्षकले तीन महिनादेखि तलब पाएनन्


  • चौतारीपाटी
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • १५२ पाठक संख्या
  • गोरखा नगरपालिकाका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।  खातामा पैसा नभएको भन्दै नगरपालिकाले कात्तिकदेखि तलब नदिएको एक शिक्षकले गुनासो गरे।  ‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै अहिले त कात्तिकदेखि पुस सम्मको तलब आएको छैन’ ति शिक्षकले भने।  
    वडा नम्बर ६ को शक्ति मावि र ९ को महालक्ष्मी माविमा नगरपालिकाले असोज महिनाको पनि तलब पठाएको छैन।  नगरभित्रका ४९ विद्यालयका तीन सय ७० जना शिक्षकले कात्तिक, मंसिर र पुस महिनाको तलब नगरपालिकाबाट पाएका छैनन्।  गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले शिक्षकलाई तलब खुवाउन नसकिएको स्विकार गरे।  नगरपालिकाको खातामा पैसा नहुँदा समस्या भएको उनले बताए।  ?
    शिक्षकहरुले प्रधानाध्यापक, प्रधानाध्यापकहरुले नगरपालिकाको शिक्षा शाखाका तलब नआएको बारे बारम्बार गुनासो गरेपनि सुनुवाई नभएको बताउँछन्।  ‘हामीलाईपनि शिक्षकहरुले गुनासो गरिरहनुभएको छ’ गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले भने ‘प्रअ बैठकपनि यो विषयमा गुनासो आएको थियो। ’ नगरपालिकालाई शिक्षकहरुलाई तलब खुवाउन मासिक करिब एक करोड ७० लाख रुपैयाँ आवस्यक पर्छ।  
    आन्तरिक स्रोत बलियो भएका केही विद्यालयले भने केहीमहिनाको तलब खुवाएका छन्।  शिक्षकहरुको तलब शसर्त अनुदानको बित्तिय हस्तान्तरणको माध्यामबाट कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले नगरपालिकाको आन्तरिक आयको खातामा पठाउँछ।  त्यसरी पठाएपछि नगरपालिकाले शिक्षकहरुको तलब विद्यालयको खातामा पठाउने  र विद्यालयले शिक्षकको खतामा पठाउँदै आएको छ।  कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्र भण्डारीले कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासामा कुनै समस्या नरहेको बताए।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट