आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

गृहमन्त्री लामिछानेले माइतीघर पुगेर पीडितलाई भेटे

निर्मला कुर्मीको घटनाको अनुसन्धान गर्न सरकारलाई अझै केही समय लाग्नसक्ने भएकाले माइतीघर छाडेर घर फर्कन पीडितहरूलाई गृहमन्त्रीको आग्रह । तर यस घटनामा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाड्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

  • चौतारीपाटी
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • ११२ पाठक संख्या
  • काठमाडौँ — गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई धर्ना रोकेर घर फर्कन आग्रह गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    माइतीघरमा रुबी खानको नेतृत्वमा धर्ना बसेका महिला अधिकारकर्मीहरूलाई शनिबार भेटेर गृहमन्त्री लामिछानेले धर्ना स्थगित गरेर घर फर्कन आग्रह गरेका हुन् । पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताए । तर यो मुद्दा जटिल बन्दै गएकाले अनुसन्धानमा केही समय लाग्नसक्ने उनको भनाइ छ ।
    निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछाले त्यहाँ पुगेर पीडितहरूलाई भेट गरेका हुन् ।
    ‘अघिल्लो सरकारबाट भएका अनुसन्धानमा पनि केही त्रुटि भए होलान् । त्यसलाई पनि सच्याउनु पर्नेछ । मैले यो घटनालाई अति संवेदनशील रुपमा लिएको छु । यसमा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुन्छ । तपाइँहरूलाई म विश्वस्त बनाउन चाहन्छु । तपाईँहरू यो चिसोमा यसरी दुख पाएर बस्दा मलाई पनि सहज लागिरहेको छैन । तपाईँहरू यसरी धर्ना नबसे पनि सरकारले गर्ने कारबाही गरिरहेको हुन्छ । त्यसैले यो चिसोमा नबसेर घरमा गइदिनुहोला । बरु सरकारले के सहयोग गर्नु पर्छ त्यसका लागि म तयार छु,’ गृहमन्त्री लामिछानेले भनेका थिए ।
    प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिएकी थिइन् । साथै धर्ना नछाड्ने बरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको खानको अडान थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट