आज: २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजायको फैसला


  • चौतारीपाटी
  • २०७९ पौष ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • २२२ पाठक संख्या
  • नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । उनलाई ३९ लाख नगद जरिवानाको फैसला पनि विशेषले सुनाएको छ ।

    विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो ।

    अर्का प्रतिवादी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई पनि ३ वर्ष कैद सजाय र ३९ लाख जरिवाना भराउने फैसला भएको छ ।

    अख्तियारले न्यौपाने र पाठक विरुद्ध २०७५ चैत्र १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट