आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो, डाटा निकाल्न भारत पठाइने


  • चौतारीपाटी
  • २०७९ माघ २, सोमबार मा प्रकाशित १ साल अघि
  • १७९ पाठक संख्या
  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ ।
    दुर्घटनामा हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरूले सोमबार बिहान १० बजे विमानको ब्ल्याक बक्स भेटाएका हुन ।

    नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उद्धारकर्मीले सोमबार बिहान जहाजको ब्ल्याक बक्स भेटिएको जनाएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको भन्दै काठमाडौं ल्याउने तयारी थालिएको बताए ।

    ‘हामीले ब्ल्याक बक्स काठमाडौं ल्याएपछि सरकारले गठन गरेको जाँच आयोगलाई हस्तान्तरण गछौँ, उनले भने, ‘ब्ल्याक बक्सको डेटा नेपालमा निकाल्न मिल्दैन, सम्भवत डाटा निकाल्न भारत पठाइन्छ ।’

    उनले ब्ल्याक बक्सको सम्पूर्ण जिम्मा जाँचबुझ आयोगको रहेको भन्दै आयोगले आइतबारदेखि नै काम सुरु गरेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।

    सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोगमा गठन गरेको छ । उक्त आयोगको सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

    आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ ।

    जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आलो मगर थिए । जहाजमा चालद दलका ४ सदस्यसहित ६८ जना यात्रु गरी ७२ जनाको मृत्यु भएको छ ।

    जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई जना कोरियन, एक जना फ्रान्सेली गरि ६८ जना र चालक दलका ४ जना सहित ७२ जना थिए ।

    ब्ल्याक बक्स के हो

    ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ ।
    ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ ।

    ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने ।

    प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट