आज: २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य बनेका हुन्।


  • चौतारीपाटी
  • २०७९ माघ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • १६५ पाठक संख्या
  • काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। बिहीबार बानेश्वरस्थित संसद भवनमा सभामुख पदका लागि भएको निर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार घिमिरे बहुमतका साथ सभामुखमा निर्वाचित भएका हुन्।
    संसद भवनको ल्होसे हलमा भएको मत विभाजनमा घिमिरेले १६७ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन्। एकजना सांसद तटस्थ बसे।
    बैठकमा कूल २६८ सांसद उपस्थित थिए।
    सभामुख घिमिरे झापा -२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। आफ्ना विचारहरु स्पष्ट रुपमा राख्ने नेताका रुपमा चिनिन्छन्। उनी २०१३ साल जेठ १३ गते सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा,ताप्लेजुङमा जन्मिएका हुन्। घिमिरेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
    २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य बनेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट