आज: २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त


  • चौतारीपाटी
  • २०७९ माघ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १५९ पाठक संख्या
  • काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जारी पुँजी अन्र्तगत रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागिएको हो । कम्पनीले प्रतिशेयर रु एक सय दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण शेयर खुल्ला गरिने जनाएको छ ।
    जसमा २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई, तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट