आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आजदेखि टुँडिखेलमा सोनाम ल्होछार महोत्सव सुरु !भोली मंगोलियन हर्टले लाइभ कन्सर्ट गर्दै


  • चौतारीपाटी
  • २०७९ माघ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १७७ पाठक संख्या
  • काठमाडौं । तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार आजबाट सुरु भएको छ । २८५९ ह्योरी तावार-बिरालो ल्होको अबसरमा काठमाडौंको टुडिखेलमा आजबाट तीन दिन सम्म महोत्सव हुनेछ ।

    तामाङ जातिको सामाजिक,सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान रहेको भन्दै तामाङहरुको छाता संगठनहरु मिलेर संयुक्तरूपमा ल्होछार कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।

    तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ, राष्ट्रिय तामाङ घेदुङ लगायत विभिन्न संघसंस्थाहरुको सहभागीतामा टुँडिखेलमा आज शुक्रबार, शनिबार र आईतावार ल्होछार पर्वलाई हर्षौल्लासका साथ मनाउँने तयारी गरेका छन् ।
    तीन दिनसम्म मनाउने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्धारा विशेष पूजापाठ , सांस्कृतिक झाँकी प्रदर्शन देखि मंगोलिय हर्ट (राजु लामा)को लाइभ कन्सर्ट, डिजे तेन्जिङको विशेष प्रस्तुतिदेखि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, नृत्य, दोहोरी, डम्फू सेलो, म्हेन्दोमाया प्रस्तुतिहरु हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट