आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

घण्टीमा भोट माग्ने नेता–कार्यकर्तालाई कारबाही गर्छौँ : माधव नेपाल


  • चौतारीपाटी
  • २०७९ माघ ७, शनिबार मा प्रकाशित १ साल अघि
  • १३४ पाठक संख्या
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    शनिबार पार्टीको रौतहट–काठमाण्डौ सम्पर्क मञ्चले काठमाडौंमा गरेको सम्मान कार्यक्रममा उनले रौटहटमा केही नेता–कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको बताए । त्यस्तो कार्यमा संलग्न नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी उनले दिए ।
    उनले घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमानदारीका साथ जानकारी गराउन आग्रह समेत गरे ।
    नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको उनको भनाइ छ ।
    नेपालको राजनैतिक साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उनले उल्लेख गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट