आज: २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

मन्त्रिपरिषद्को निर्णय: आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्ने ।


  • चौतारीपाटी
  • २०७९ माघ ११, बुधबार मा प्रकाशित १ साल अघि
  • १२५ पाठक संख्या
  • सरकारले संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएको विषयमा छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएको विषयको छानबिन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको एक मन्त्रीले जानकारी दिए ।

    मंगलबार आचार्यले आफैँलाई आगो लगाएका थिए । बुधबार बिहान उपचारका क्रममा उनको निधन भएको थियो । आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले पाएका हण्डर र भोगेका हैरानीबारे लेखेका थिए ।

    आचार्यको निधनपछि उनले उठाएका विषयबारे नागरिकस्तरमा व्यापक टिप्पणी भएको थियो । जसका कारण बुधबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा छानबिन गर्ने निर्णय लिएको हो ।

    ती मन्त्रीका अनुसार आचार्यले उठाएका सबै विषयमा छानबिन गरी यथासक्य चाँडो प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट