आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सिंहदरबारभित्र खानेपानीमा मासिक दुई करोड खर्च


  • चौतारीपाटी
  • २०७९ माघ १२, बिहिबार मा प्रकाशित १ साल अघि
  • २३७ पाठक संख्या
  • काठमाण्डौ
    खानेपानीमा मासिक झन्डै दुई करोड सकिने सिंहदरबारमा तीन दिनभित्र निजी कम्पनीका बोतल र जारको पानीमा बन्देज लगाउने घोषणा सरकारले गरेको छ । केयुकेएलमार्फत नै सरकारी धारा, ट्यांकर र जारको पानी व्यवस्था गर्ने सरकारी योजना छन् ।

    खानेपानीमन्त्री अब्दुस खानले बुधबार पदभार ग्रहण गर्दै सिंहदरबारभित्रका हरेक मन्त्रालयका छतमा ट्यांकी राखेर वा धारा जडान गरेर केयुकेएलअन्तर्गतकै खानेपानीको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले यो काम तीन दिनभित्र गर्न मन्त्रालयका सचिव मणिराम गेलाललाई निर्देशन दिएका छन् । सिंहदरबारभित्र हुने सभा, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रममा निजी खानेपानी उद्योगबाट खरिद गरिएका बोतल र जारको पानी नल्याउन पनि मन्त्री खानले कर्मचारीलाई निर्देशन दिए ।
    हामीकहाँ यति धेरै खानेपानी वितरण गर्ने सरकारी संस्था छन्, तर सिंहदरबारमा किन बोतल र जारको पानी किनेर खाइरहेका छौँ ?’ प्रश्न गर्दै उनले निर्देशन दिए, ‘तीन दिनभित्र सचिवज्यूले सिंहदरबारमा केयुकेएल, नेपाल खानेपानी संस्थान र मेलम्चीको पानी ल्याउने व्यवस्था मिलाउनुहोला ।’

    सरकारले चक्रपथभित्र सबैजसो घर र गल्लीमा मेलम्चीअन्तर्गतको पानी वितरण गरे पनि सिंहदरबारमा धाराबाट पानी वितरणका लागि मेलम्चीले नयाँ पाइप बिछ्याएको छैन । पुरानो पाइपलाइन मात्रै छ, जसबाट सातामा बिहीबार र सोमबार पानी वितरण हुन्छ । त्यसैले सिंहदरबार खानेपानीमा पूर्णतः जार र बोतलको पानीमै निर्भर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट