आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारतबाट पेट्रोल र डिजेलकाे मूल्य ८ रुपैयाँले बढेर आउदा ग्यासमा भने ७५ रुपैयाँले घट्यो


  • चौतारीपाटी
  • २०७९ माघ १८, बुधबार मा प्रकाशित १ साल अघि
  • १३७ पाठक संख्या
  • भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल ८ रुपैयाँ १ पैसा र डिजेल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।
    त्यस्तै मट्टितेल ४ रुपैयाँ ६० पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगमले जनाएको छ। आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।

    सबैको पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । अहिलेको मूल्यमा निगमलाई ग्याँसमा प्रति सिलिन्डर २८० रुपैयाँ घाटा रहेको छ। निगमलाई एलपीजीमा मात्र १५ दिनको घाटा ५५ करोड रुपैयाँ छ। विगत तीन महिनादेखि नाफामा रहेको निगमलाई अहिलेकै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा ८ करोडभन्दा बढी घाटा लाग्ने निगमले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट