आज: २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी


  • चौतारीपाटी
  • २०७९ माघ २२, आईतबार मा प्रकाशित १ साल अघि
  • १४९ पाठक संख्या
  • काठमाडौं
    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक चलिरहेकाे छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकले सरकारमा बस्ने–नबस्ने निर्णय गर्ने बताइएको छ ।

    बैठकअघि पार्टी सभापति रविले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा रविले ‘गृहको विकल्प’को प्रस्तावलाई पार्टी बैठकमा राख्ने बताएका थिए ।

    यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने रवि लामिछानेको राहदानीको विषय नटुंगिएसम्म स्वार्थ बाझिने मन्त्रालय दिन अस्वीकार गर्दै आएका छन् ।

    शनिबार प्रधानमन्त्रीले गृहको साटो भौतिक पूर्वाधार वा अन्य मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपाको बैठक आजलाई सारिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट