आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।


  • चौतारीपाटी
  • २०७९ फागुन १, सोमबार मा प्रकाशित १ साल अघि
  • १४० पाठक संख्या
  • काठमाडौँ
    यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।

    सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् । सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।

    ‘कम्पनीका कर्मचारीले हाम्रा मजदुरमाथि गुण्डागर्दी शैलीमा हातपात गरे । त्यही गुण्डागर्दीको विरोधमा हामीले चक्काजाम गरेका हौँ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले कान्तिपुरसँग भने ।
    गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा समेत सवारी मजदुरहरूको आपत्ति छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट